काठमाडाैँ – आइसिसीले भारतीय ब्याटर बिराट कोहलीलाई कारवाही गरेको छ। म्याच रेफ्रि एन्डी पाएक्राफ्टले कोहलीलाई २० प्रतिशत म्याच फि कटौतीका साथै एक डी–म्यारिट प्वाइन्ट पनि दिएका छन्। कोहलीमाथि गरिएको यो कारबाही मैदानमा गरेको खराब ब्यबहारका कारण हो।

३७ वर्षीय कोहलीले टेस्टमा डेब्यु गरेका १९ वर्षीय अस्ट्रेलियन ओपनर सम कोन्स्टासलाई धक्का दिएका थिए। साथै बहस समेत गरेका थिए। अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै १० ओभरको खेल समाप्त भएपछि ११ ओभरको खेल चलिरहँदा भएको थियो। कोहलीले रेफ्रिसँग आफ्नो गल्ति स्विकारेका थिए।

डि म्यारिट प्वाइन्ट के हो ?

कोहलीलाई एक डी(म्यारिट प्वाइन्ट दिएको छ। डी(म्यारिट प्वाइन्ट एक पेनाल्टी सिस्टम हो। जुन खेलाडीलाई खराब ब्यवहार या कुनै नियम तोडेको खण्डमा दिइने गरीन्छ। दुई या सो भन्दा माथिको डि म्यारिट अङ्क प्राप्त गरेमा एक या सो भन्दा बढी टेस्ट, एकदिवसीय या टी–२० खेलमा जरिवाना लाग्न सक्छ।

के भन्छ आइसिसीको अनुशासनसम्बन्धी नियम ?

आइसिसीको अनुशासनसम्बन्धी नियमले क्रिकेटमा भुलवश भए पनि गरिने गल्तीलाई पनि नियम अनुसार कारवाहीको दायरामा ल्याउने गर्छ। जसमा लापरवाहि पूर्वक दौडिनु, कुनै खेलाडीसँग ठोकिनु या काँधमा काँध मिलाएर हिँड्नु या वहस गर्नु लगायतलाई आइसीसीको नियम अन्तर्गत लेवल(१ या २ को उल्लंघन मानिछ। यस्तोमा अम्पायरसँग यस्तो भएमा लेवल(३ को उल्लंघन मानिन्छ। लेवल १ देखि २ म्यारिट प्वाइन्टमा शून्य देखी ५० प्रतिशत सम्म म्याच फि लाग्न सक्छ।

आइसीसीको लेभल १ उल्लंघन गरेमा १ देखी २ अङ्क डिमेरिट हुन सक्छ साथै ५० प्रतिश म्याच फि कटौती हुन सक्छ। साथै लेवल २ को उल्लंघन गरेमा ३ देखी ४ प्वाइन्ट डी म्यारिट हुन सक्छ। साथै १ टेस्ट या २ एकदिवसीय रटी–२० खेलमा प्रतिबन्ध हुन सक्छ। लेवल ३ उल्लंघन भएमा ५–६ डिम्यारिट प्वाइन्ट हुन सक्छ भने १ टेस्ट या २ एकदिवसीयरटी–२० खेलमा प्रतिबन्ध हुन सक्छ। लेवल ४ उलंघन भएमा ७–८ डि म्यारिट प्वाइन्टका साथमा २ टेस्ट या ४ एकदिवसीय रटी–२० खेलमा प्रतिबन्ध लाग्न सक्छ।

49
Shares
१२ पुष २०८१, शुक्रबार ०७:३८