राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेमाथि लागेको अभियोग अदालतको प्रारम्भिक जाँचमा प्रवेश गरेका बेला पार्टीले अन्य वैकल्पिक शक्तिहरूको साथ खोज्न थालेको छ ।

लामिछानेनिकट सह–कोषाध्यक्ष दिपक बोहोरा लगायत रास्वपाका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र विवेकशील साझा पार्टीका नेताहरूसँग लामिछानेको पक्षमा बोलिदिन भन्दै संवाद थालेका हुन् ।

मेयर बालेनको सचिवालय स्रोतका अनुसार, विभिन्न स्रोतमार्फत सम्पर्क गरेर रास्वपाका नेताहरूले लामिछानेको पक्षमा टिप्पणी गरिदिन भन्दै आग्रह गरिरहेका छन् । ‘सचिवालयदेखि अरु सम्पर्क सुत्र प्रयोग गरेर उहाँहरूले अनुरोध गरिरहनु भएको छ, तर मेयर सा’बले अहिलेसम्म यो विषयमा कुनै प्रतिक्रिया जनाउनुभएको छैन’, स्रोतले भन्यो, ‘उहाँ पर्ख र हेरकै स्थितिमा हुनुहुन्छ ।’

रास्वपाबाट सहयोगको प्रस्ताव राख्नेहरूले भने लामिछानेले बालेनलाई स्थानीय तह निर्वाचनका बेला पनि सहयोग गरेको भन्दै उनको पक्षमा उभिन आग्रह गर्दै आएका छन् । तर, बालेनको कुनै सन्देश रास्वपा नेताहरूले पाएका छैनन् ।

21
Shares
११ पुष २०८१, बिहीबार ०८:०३