काठमाडौं । पूर्वउपाध्यक्ष समेत रहेका नेता भीम रावललाई नेकपा एमालेले पार्टीको संगठित सदस्यता पनि खोसेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका कारण उनी पार्टी किनारमा थिए । बुधबार बसेको सचिवालय बैठकले रावलको सदस्यता खोस्ने निर्णय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय भएको जानकारी दिए ।

रावलले पछिल्लोपटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयको विरोध गरेका थिए । विरोध गरेकै कारण गत ४ कात्तिकमा एमालेले रावलसँगै स्थायी कमिटी सदस्य डाक्टर विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो ।

पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाएका थिए । तर रावलले बुझाएनन् । स्पष्टिकरण पत्र बुझाउने नेतृ पाण्डे र तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

14
Shares
११ पुष २०८१, बिहीबार ०७:५९