विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले बुधबार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशीलाई सम्मान गरेको छ ।

नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमीतीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले राजवंशीलाई माला र खादा ओढाएर सम्मान गरे ।

विराटनगर–१४ का राजवंशी भरखरै सम्पन्न नेपाल प्रिमियर लिग –एनपीएल) मा उत्कृष्ट खेलाडीको रुपमा चर्चित बनेका थिए । उनको टिम जनकपुर बोल्ट्सले एनपीएल उपाधि जितेको थियो ।
105
Shares
१० पुष २०८१, बुधबार १८:०२