काठमाडौं । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपालप्रिमियर लिग (एनपीएल) का खेलहरूमाहानिने प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्रीवितरण गर्ने घोषणा अनुरुप२६०० भन्दा बढी शैक्षिक सामग्रीवितरण गर्ने भएको छ ।

यी सामग्रीहरु ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिकविद्यालयकाविद्यार्थीहरूलाई प्रदानगरिने छन् । शनिबार समापनभएको ऐतिहासिकएनपीएलमाकुल६५३ चौका हानिकाथिए । यस वापत एनसेल फाउन्डेसनले अब घोषणा गरे बमोजिककुल २६१२ वटा शैक्षिक सामग्रीविद्यार्थीहरुलाई वितरण गर्ने पक्काभएको छ ।

क्रिकेटदेखि कक्षाकोठासम्मको यस नविनपहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धनगर्दै उज्ज्वलभविष्यकालागिअवसरहरूको ढोका खोल्न मद्दत पु¥याउने विश्वास लिएको छ । विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमाआवश्यक शैक्षिक सामग्रीहरु जस्तै स्कुलब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ ।

एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टस्का खेलाडी लाहिरु मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौकाहानेर१४० वटा शैक्षिक सामग्रीवितरण सुनिश्चित गरेका छन् । त्यस्तै दोश्रोमापोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए जसबाट १२० शैक्षिक सामग्री र तेश्रोमालुम्बिनीलायन्सका रोहितकुमार पौडेल २६ चौका वापत १०४ शैक्षिक सामग्रीको वितरण पक्काभएको छन। त्यसैगरी चितवन राइनोज्का रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सकासैंफ जैबप्रत्येकले २४चौका हानेर १९२शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका थिए ।

“क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिककार्य दुवैका हिसाबले यो एनपीएलएकदमै उत्साहजनक रह्यो । क्रिकेटप्रतिको चाखलाई सामाजिककार्यसँग जोड्दै शिक्षाको लागि स्रोत आवश्यक रहेका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरुप्रदान गर्न यो पहलकदमी गर्न पाउँदाहामीअत्यन्तखुसि छौ र यसको लागिहामीक्रिकेट एशोसिएसन नेपाल (क्यान)तथाप्रत्येक खेलाडीलाई बधाई तथाधन्यवाददिन चाहन्छौं । शैक्षिक सामग्रीवितरणको लागिहामीक्यान, सम्बन्धित टिमहरु अन्य सरोकारवालाहरुसँग सहकार्य गर्नेछौं,” एनसेलकीकर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन् ।

नेपाली समुदायहरूसँग गहिरो सम्बन्ध राख्ने मध्येको एक खेल क्रिकेट भएकाले यो पहलले खेलमाअझै रोमाञ्चकताथपेको थियो । यसले सहयोग र स्रोत बढि आवश्यकताभएकाहरुसम्म आवश्यक सहयोग पु¥याउँनमद्दतगर्दछ ।सामुदायिकविद्यालयकालक्षितविद्यार्थीहरुसम्म यी सामाग्रीहरु पुर्याउनकालागि एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ ।

कोशेढुङ्गा सावितभएको यो एनपीएल, नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभाहरुको निर्माणमा गर्नसहयोगीसिद्ध भएको छ । एनपीएलकालागि एनसेलको साझेदारी र प्रत्येक चौका वापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामीतपाईंकै लागि’भन्ने थिम र नेपालमाक्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको थियो । एनसेल फाउन्डेसन महत्वपूर्ण सामाजिकआवश्यकताहरू पूरा गर्न प्रभावकारी पहलमार्फत समुदायहरूको समृद्धिमा योगदान पु¥याउन प्रतिबद्ध रहेको छ ।

14
Shares
९ पुष २०८१, मंगलवार ०५:१९