आफूलाई भागबण्डामा लागेको आरोप लगाइए पनि सभापति देउवाका कारण त्यसो गर्न बाध्य भएको आरोप पनि उनको थियो। सभापति देउवाले सबै नेताको कुरा सुनेर चित्त बुझाउन नसक्दा आफू बाध्य भएर ४०/६० को भागबण्डामा लागेको नेता कोइरालाको भनाइ थियो।
सभापतिले कुरा नै नसुनेपछि राजनीति गर्नेहरूलाई अप्ठ्यारो परेको आरोप पनि कोइरालाले लगाए। ‘सभापतिजीले गर्दा पार्टीभित्र गुटगत राजनीति फस्टायो,’ उनले भने।गुटलाई फस्टाउने काम सभापतिले नै गरेपछि अप्ठ्यारो परिस्थिति सिर्जना भएको पनि उनले बताए।