निर्माणाधीन सडकको सोमबार महानगरका मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् । महानगरको ३ करोड ८२ लाख रुपैयाँको आन्तरिक स्रोतबाट सो सडक निर्माण गर्न लागिको मेयर कोइरालाले बताए ।
सो सडक निर्माणपछि धरान रोडमा देखिँदै आएको ट्राफिक समस्या केही मात्रामा भए पनि हल हुने मेयर कोइरालाको भनाइ छ । ६ करोड ३४ लाख अनुमानित लागत गरिए पनि ३ करोड ८२ लाख रुपैयाँमा ठेक्का लागेको छ ।गत भदौ ६ गते ठेक्का सम्झौता लागेको सो सडकमा हाल ग्राभेलको काम भइरहेको छ । ठेक्का सम्झौताअनुसार ५ दशमल ५ किलोमिटर सडक निर्माण हुनेछ । यसअघि एयरपोर्ट रोडदेखि केशलिया रोडसम्म कालोपत्रे भइसकेको छ ।
आगामी भदौ ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर चैतभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको महानगरका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थपलियाले जानकारी दिए ।वडा नम्बर ४ का अध्यक्ष जितन थापा, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेसहितका जनप्रतिनिधि अनुगमन टोलीमा सहभागी थिए ।