कोसी प्रदेश कार्यसमितिका अध्यक्ष रामकुमार थापाले प्रदेश सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै पुस १३ गते इटहरीमा वृहत् विरोध सभा आयोजना गर्ने जानकारी दिए।
पत्रकार सम्मेलनमा अध्यक्ष थापाले प्रदेश सरकारको खारेजी, स्थानीय स्वायत्त शासन प्रणालीको अधिकार पुनः स्थापना, धार्मिक स्वतन्त्रता, र सनातन वैदिक हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउने बताउँदै, सहकारी पीडितहरूको विषयलाई पनि विरोध सभामा समेट्ने जानकारी गराए।उनले विरोध सभामा सहभागीहरूको ठुलो उपस्थिति हुने विश्वास व्यक्त गर्दै, सभा केवल सरकारको आलोचना गर्ने माध्यम मात्र नभई सामाजिक र धार्मिक अधिकारहरूको पक्षमा स्पष्ट धारणा प्रस्तुत गर्ने स्थल हुने बताए।