काठमाडौं विश्वविद्यालयले डिग्री पूर्ण नभएका तथा अध्ययन छाडी गएका विद्यार्थीसमेत दिक्षान्त समारोहको ग्रेसलिस्टमा परेको सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। गत मंसिर २९ गते भएको दीक्षान्त समारोहमा यस्ता ८ विद्यार्थीसमेत ग्रेसलिस्टमा परेका थिए।

यसमा छानबिन गर्न परीक्षा समितिका अध्यक्ष तथा रजिष्ट्रार डा. अच्युत वाग्लेले निर्देशन दिएका थिए। यसबारे कर्मचारीहरुले स्पष्टीकरण दिएका थिए भने परीक्षा नियन्त्रण कार्यालयका अधिकृत सीएन छड्गाले आफ्नो गल्ती स्वीकार गरेका थिए।

यद्यपि काठमाडौँ विश्वविद्यालयले भविष्यमा यस्तो गल्ती दोहोरिन नदिन यसबारे अनुसन्धानका लागि तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा स्कुल अफ लका डिन प्रा.डा. ऋषिकेश वाग्ले संयोजक छन् भने पूर्व परीक्षा नियन्त्रक प्रा. डा. पन्ना थापा र पूर्वपरीक्षा सहनिर्देशक वीरेन्द्रबहादुर लाखे सदस्य छन्। काठमाडौँ विश्वविद्यालयमा आइतबार बसेको कार्यकारी परिषद् बैठकले उक्त समिति गठन गरेको हो।

आइतबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली काठमाडौँ विश्वविद्यालय पुगी यसबारे कागजातहरु माग गरेको थियो।

14
Shares
८ पुष २०८१, सोमबार ०७:४०