विराटनगर । मिल्स फार्क फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि पथरीशनिश्चरेको रेडस्टार स्कुलले जितेको छ ।

विराटनगरमा शनिबार सम्पन्न फाइनल खेलमा रेडस्टारले विराटनगरको मोर्डन एरालाई २–० गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो ।

जितसँगै रेडस्टारले ५१ हजार रुपैयाँ र उपविजेता मोर्डन एराले ३१ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । रेडस्टारका लागि सोनाम गुरुङ र सौगात राईले गोल गर्दै टोलीलाई विजयी बनाए ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ रेडस्टारका बिषम गुरुङ बेस्ट गोलकिपर रेडस्टारकै भीषण राई, बेस्ट डिफन्डर मोर्डन ऐराका प्रवेश तामाङ, बेस्ट मिडफिल्डर भए ।

त्यस्तै, रेडस्टारका सौगात राई बेस्ट फरवार्ड, हाइस्कोर रेडस्टारका सोनम गुरुङ, बेस्ट कोच रेडस्टारका युकेश तामाङ र म्यान अफ द सिरिज जोसन कार्की भए ।

खेलाडीहरुलाई विराटनगर महानगरपालिका १६ नम्बरका वडाध्यक्ष उद्धव भुजेल, फार्क क्लबका अध्यक्ष धनकुमार लामालगायतले पुरस्कार प्रदान गरे ।

21
Shares
७ पुष २०८१, आईतवार ०६:२२