झापा । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा भएको गेडिङ परीक्षा सम्पन्न भएको छ ।

झापाको दकममा भएको कालो पेटी (बेल्ट)प्रथम डान, कालो पेटी दोस्रो डान र कालो पेटी तेस्रो डान ग्रेडिङ (परीक्षा)मा १ सय २५ उत्तीर्ण भएका छन् ।

शुक्रबार र शनिबार भएको ग्रेडिङमा १ सय ३१ जनाको सहभागिता रहे पनि १ सय २५ जना सफल भए ।

सो कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले आईटीएफ खेलको छिटै राष्ट्रिय गोल्डेन फाईट तेक्वान्दो प्रतियोगिता चाँडै हुने बताए । उनले प्रदेश सरकार खेल र खेलाडीलाई उच्च प्राथमिकता राखेको बताए ।

आईटीएफ तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए । उनले खेलाडी राष्ट्रको गहना भएको चर्चा गर्दै खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथामिकता राख्नुपर्नेमा जोड दिए ।
14
Shares
७ पुष २०८१, आईतवार ०६:२१