सुनसरी । आजदेखि इटहरीमा हुन लागिरहेको नेपाल जेसीजको महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली आउँदैछन् ।

कोशी नामकरणपछि असन्तुष्ट बनेका पहिचानवादीहरूले भने उक्त नामकरणको विरुद्धमा आन्दोलन गर्दै आएका छन् । यसैबिच शनिवार प्रधानमन्त्री ओली आउने कार्यक्रममा पहिचानवादीहरूले स्वागत गर्ने भएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ इटहरीका अध्यक्ष चिरहाङ राईका अनुसार गत ३ गते बैठक नै बसेर प्रधानमन्त्री ओली आउने कार्यक्रमलाई सघाउने भएको हो ।

महासङ्घमा यहाँका विभिन्न १६ जातिहरू संलग्न छन् । ञहामीले कार्यक्रमलाई सघाउने, समर्थन गरेर सहभागिता जनाउने तयारी गरेका छौँ, झ उनले भने, सफलताको शुभकामना सहित ब्यानर राख्ने निर्णय भएको समेत भएको छ । पहिचानको नामकरणको लागि भन्दा पनि समग्र हितको कार्यक्रम भएकाले स्वागत गर्न लागिएको उनले बताए ।
21
Shares
६ पुष २०८१, शनिबार ०८:५०