विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार पथरीको रेडस्टार र विराटनगरको मेरिल्याण्ड कलेज खेल्ने भएका छन् ।

विराटनगरको जुट मिटलको खेल मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा रेडस्टारले सुन्दरहरैँचाको ब्राइटफ्यूचरलाई र विराटनगरको मेरिल्याण्ड कलेजले विराटनगरकै मोर्डन एरा स्कुललाई हराउँदै फाइनलमा पुगेको हो ।

पहिलो खेलमा रेडस्टारले ब्राइटफ्यूचर स्कुललाई ३– १ गोलले पराजित गर्यो । रेडस्टारका सोनम गुरुङले २ गोल र आलसन लिम्बूले १ गोल गरे । खेलको प्लेयर अफ द म्याच सोनम गुरुङ घोषित भए ।

त्यस्तै, अर्को खेलमा मेरिल्यण्ड स्कुलले मोर्डन एरा स्कुललाई २–१ गोलले पराजित गर्यो । मेरिल्याण्डका विक्रम चौधरी र निश्चल बोहोराले १–१ गोल गरे । मोर्डन एराको तर्फबाट सान्तवना गोल भरजुन कुँवरले फर्काए । खेलको प्लेयर अफ द म्याच मेरिल्याण्डका निश्चल बोहरा घोषित भए ।

मिल्स फार्क क्लब रानी विराटनगरको आयोजनामा पुस ६ गतेसम्म संचालन हुने प्रतियोगितामा मोरङ जिल्लाभरिका १२ वटा विद्यालयको सहभागिता रहेको फार्क क्लबका अध्यक्ष धनकुमार लामाले बताए ।
7
Shares
६ पुष २०८१, शनिबार ०८:४५