उपाय बिजनेश सोलुशन बीचको सम्झौतामा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, आध्यान्त फण्ड मेनेजमेन्ट लि.का कार्यक्रम तथा साझेदारी प्रमुख निश्चलसिंह भण्डारी र उपाय बिजनेश सोलुशनका प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठ तथा डाइनो टेक प्रा.लि. बीचको सम्झौतामा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, आध्यान्त फण्ड मेनेजमेन्ट लि.का कार्यक्रम तथा साझेदारी प्रमुख निश्चलसिंह भण्डारी र डाइनो टेक प्रा.लि.का अध्यक्ष प्रदिप सिग्देलले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अघि बिडिएसबारे चर्चा गरिएको थियो । महासंघ प्रदेश अध्यक्ष राउतले नेपालको आर्थिक विकासका लागि कोशी प्रदेशको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै व्यवसाय विकास सेवा शुभारम्भ भएकामा खुसी व्यक्त गरे । कोशी प्रदेशमा १२ हजार २२५ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेको र तिनमा ७३ हजार ९१८ जनाले रोजगारी पाएको राउतले जानकारी दिए । यो तथ्यांक औपचारिक रुपमा सञ्चालनमा रहेका उद्योग, प्रतिष्ठानहरुको भएको उल्लेख गर्दै उनले अनौपचारिक क्षेत्रमा पनि उल्लेख्य रोजगारी सृजना भएको बताए ।ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रसम्म सञ्चालनमा रहेका घरेलु तथा साना उद्योगहरु, उद्योग स्थापनादेखि सञ्चालत र व्यवस्थापनसम्म कामका लागि तहगत सरकारका आवश्यक प्रक्रियाहरु गर्न अनेक कारणले कठिनाइ भइरहेको उनले बताए । महासंघ कोशी प्रदेशले उपाय र आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडको सहकार्यमा कानुनीदेखि व्यवसाय सुधार, बजार पहुँच र प्रतिस्पर्धात्मक क्षमता बढाउने जस्ता सेवा प्रदान गर्नका लागि पहिलो पटक व्यवसाय विकास सेवा (बिडिएस) प्रदान गर्न लागिएको जानकारी दिए ।
अध्यान्त संस्थाका प्रतिनिधि निश्चलसिंह भण्डारीले दुई वर्षदेखि उद्योग वाणिज्य महासंघ कोशीसँग सहकार्य गरिरहेको बताए । व्यवसाय सञ्चालन, ऋण लिनेदेखि लिएर अन्य प्रक्रियाहरुमा उद्योग तथा व्यवसायलाई सहयोग पुर्याउन कार्यक्रम महत्वपूर्ण रहने उनले बताए । आगामी तीन वर्षमा एक हजारभन्दा बढी व्यवसायीलाई सघाउने योजना रहेको उनले बताए ।उदय परियोजनाका विष्णु काफ्लेले उद्योगीले व्यहोर्नु परेका समस्या समाधान गर्नका लागि बिडिएस सुरु हुन लागेको बताउँदै यसबाट धेरैभन्दा धेरै उद्योगीहरुले लाभ लिन सक्ने बताए । सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठले नेपालको विकास गर्न साना तथा मझौला उद्योगहरुको संरक्षण र विकासमा जोड दिनुपर्ने बताइन् ।
उपाय परियोजनाकी सिईओ शोभा श्रेष्ठले व्यावसायिक व्यक्ति, साना र मझौला उद्योगहरु एवं व्यापार संगठनहरुका आवश्यकताहरु सम्बोधन गर्न बिडिएस कार्यक्रम प्रभावकारी रहेको बताइन् । डायनो टेक ग्लोबल प्रा. लिका प्रदीप सिग्देलले व्यवसायमा प्रविधिको धेरै महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै व्यवसाय विस्तरा र विकासमा बिडिएसले सहयोग पुग्ने बताए ।