काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज शुक्रबार अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय कास्कीले आज मुद्दा दर्ता गर्न लागेको हो ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले आज अदालतमा अभियोग पत्र दर्ता गर्ने तयारी रहेको बताइन् ।

कार्यालयले रविविरुद्ध तीनवटा अभियोग दर्ता गर्दैछ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लामिछानेमाथि दर्ता गर्ने तयारी छ ।

7
Shares
५ पुष २०८१, शुक्रबार ०७:२६