यस पटक ककटेलको सिक्वेलमा बिल्कुलै नयाँ स्टार कास्ट देखिनेछ । खबरका अनुसार चर्चित दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्ना ककटेल २ मा शाहिद कपुर र कृति सेननसँग काम गर्ने छिन् । यसका लागि शाहिद कपुर र कृति सेननको नाम फाइनल भइसकेको बताइएको छ । अहिले तेस्रो लिड एक्सट्रेसमा रश्मिका मन्डन्नाको नाम चर्चामा छ ।
कृति सेनन र शाहिद कपूरले यसअघि ‘तेरी बातों में ऐसा उल्झा जिया’मा सँगै काम गरेका थिए । उनीहरुको केमेस्ट्रीलाई फ्यानहरुले निकै रुचाएका थिए । मिडिया रिपोर्टका अनुसार फिल्म ककटेल २ को कथा लभ रञ्जनले लेखेका हुन् । यसलाई होमी अदजानियाले निर्देशन गर्नेछन् ।ककटेल २ को स्क्रिप्ट तयार भइसकेको बताइएको छ । फिल्ममा ह्युमरको साथमा मित्रताको कहानी देखाइनेछ । फिल्ममा त्रिकोणात्मक प्रेम देख्न पाइनेछ । तर यस पटक दीपिका पादुकोण र सैफको केमेस्ट्रीलाई भने दर्शकले पक्कै मिस गर्नेछन् ।