पायोनियर मोटोकर्प प्रालिले जिकर ब्राण्डको विद्युतीय सवारीसाधन भित्र्याएको छ। बुधबार राति विराटनगरमा आयोजित मोटर लञ्चिङ कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले विश्ववजारमा विद्युतीय सवारीले राम्रो स्थान पाउँदै आएको बताए।

वायु प्रदूषण नहुने विद्युतीय सवारीको बजारले आमसर्वसाधारणलाई समेत आकर्षित गर्दै लगेको बताए।कार्यक्रममा मोटोकर्पका निर्देशक सन्दीप सारडाले जिकर एक्स ब्राण्डको आधिकारिक बिक्रेताका रुपमा विराटनगरबाट मोटर लञ्चिङको कार्य अघि बढाएको बताए। उनले ग्लोबल प्रिमियम विद्युतीय ब्राण्डको जिकर सवारी एसयुभी एक मोडलमा उपलब्ध हुने जानकारी दिए।

जिकरमा ६६ किलोवाट ब्याट्रीको पावर रहेको जनाउँदै उनले एकपटकको चार्जमा कम्तीमा ४ सय ४० किलोमिटरसम्मको दूरी पार गर्ने दाबी गरे। उनले जिकर ब्राण्डमा डुअल–मोटर, अलो–ह्विल ड्राइभ र सिङ्गल–मोटर रियर–ह्विल ड्राइभ गरी दुईवटा भेरियन्ट रहेको बताए। जिकर एक्स, एक प्रिमियम कम्प्याक्ट एसयुभी गाडी रहेको मोटोकर्पका निर्देशक शारडाले बताए।
7
Shares
४ पुष २०८१, बिहीबार १५:१६