टियू मैदान कीर्तिपुरमा मध्यान्ह १२ बजे सुरु हुने खेलमा जनकपुर र कर्णाली भिड्दै छन्। यो खेलले फाइनल पुग्ने दोस्रो टिमको तय हुनेछ। यसअघिनै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ।
प्रतियोगितामा अब अन्तिम २ खेल बाँकी रहँदा आजको खेलबाट उपाधिका लागि भिड्ने अन्तिम २ टिमको तय हुनेछ। ‘एलिमिनेटर’ जितेर बलियो आत्मविश्वासका साथ क्वालिफायर खेल्न लागेको कर्णाली र पछिल्ला दुई खेलमा लगातार हारेको जनकपुर बिचको यो खेल ‘गर या मर’ का रुपमा रहने छ।जनकपुरले लिगचरणको अन्तिम खेलमा चितवन राइनोजसँग ३२ रनले हारेको थियो। त्यसका बाबजुत शीर्ष २ मा रहेर प्लेअफमा पुग्दा पहिलो क्वालिफायर खेल्न पाएको थियो। तर पहिलो क्वालिफायरमा पनि उसको हार यात्रा नरोकिंदा स्वभाविक दबाबमा जनकपुर रहेको छ। यद्यपि उसलाई फाइनल प्रवेशको यो अर्को तथा अन्तिम अवसर हो।
कर्णालीले भने लिगचरणको बिचमा लगातार ४ खेल जितेर अन्तिम खेल हारेको थियो। तर उसले ‘एलिमिनेटर’ चरणमा पुन एकपटक आफ्नो जितको ट्रयाक फर्काउँदै क्वालिफाइरमा स्थान बनाएको छ। कर्णालीका कप्तान सोमपाल कामीले नयाँ प्रतियोगिता सम्झिएर बाँकी खेल खेल्ने बताएका छन्। भने जनकपुरको कप्तानी गरेका आसिफ शेखले फाइनलमा सुदूरपश्चिमसँग भेट पक्का गर्ने र हराउने दाबि गरेका छन्। आजको खेलले कस्को दाबीलाई पुष्टि गर्छ त्यो भने समयले बताउने छ।लिग चरणमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको थियो। जहाँ अनिल साहले अविजित ६२ रन बनाएका थिए। कर्णालीलाई त्यो हारको बदला लिंदै फाइनल पुग्ने अवसर छ। लिगचरणको प्रदर्शन दोहोर्याउँदै पहिलो क्वालिफायरमा भोगेको हारलाई सच्च्याउने अवसर जनकपुरलाई छ। त्यसैले आजको खेल दुवै टिमका लागि उतिकै महत्त्वपूर्ण र अर्थपूर्ण हुने पक्का छ।
जनकपुर बोल्ट्सको टोली
आशीफ शेख, अनिल कुमार साह (कप्तान), ललित राजवंशी, किशोर महतो, हेमन्त धामी, रुपेश कुमार सिंह, आकाश त्रिपाठी, शेर मल्ल, अरनीको यादव, शुभ कंसाकर, तुलबहादुर थापा, विशाल सुसलिङ, जेमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रोम्प (अमेरिका), मोहम्मद मोहसीन (अमेरिका), बेन माइक (इंग्ल्यान्ड),लाहिरु मिलन्था (अमेरिका), हर्ष थकर (क्यानडा)
कर्णाली याक्स टोली:
सोमपाल कामी (कप्तान), गुलशन झा, अर्जुन घर्ती, दिपक डुम्रे, दिपेन्द्र रावत, युनिस विक्रम ठकुरी, मौसम ढकाल, ऋत गौतम, भुवन कार्की, नन्दन यादव, बिपिन प्रसाद शर्मा, देव खनाल, बाबर हायात (हङकङ), चाडविक वाल्टन (वेस्टइन्डिज), जिशान मकसूद (ओमान), विलियम बोसिस्टो (अस्ट्रेलिया), जयकिशन कोल्सवाला (भारत)