सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधारा क्षेत्रस्थित कोशी लोकमार्गमा एक ठूलो मात्रा में गाँजा बरामद भएको छ। भेडेटारबाट धरान आउँदै गरेको बा १० च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लास्टिकबाट प्याक गरिएको करिब १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी बलको धरान सुरक्षा बेसले बरामद गरेको हो।

चालक भने घटनास्थलबाट फरार भएका छन्। सशस्त्र प्रहरी बलका अनुसार, चेकजाँचको क्रममा उक्त कारलाई रोक्न खोज्दा चालकले गाडी सडकमै छोडेर भागेको बताएका छन्।

सशस्त्र प्रहरी बलले सोही कारलाई पछ्याउँदै आएको को ३५ प २०४५ नम्बरको मोटरसाइकलमा सवार दुई व्यक्तिलाई पनि गाँजा तस्करीमा संलग्न रहेको शंका गर्दै नियन्त्रणमा लिएको छ।

बरामद भएको गाँजा, गाडी, मोटरसाइकल र नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ। प्रहरीले यस घटनामा संलग्नहरूको खोजी कार्य जारी राखेको जनाएको छ।

14
Shares
३ पुष २०८१, बुधबार १२:५३