पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको नेपाल भारतविरुद्ध उच्च मनोबलका साथ प्रतिस्पर्धाको लक्ष्यमा छ। नेपाल र भारत बिचको खेल बिहान ११:४५ मा सुरु हुनेछ।
पाकिस्तानलाई हराएसँगै नेपालले सेमिफाइनल अर्थात् शीर्ष चारमा स्थान पक्का गरेको छ। नेपालसँगै भारतले क्वालिफाइ गरिसकेका छन्।आज भारतसँगको नतिजाले नेपाललाई फरक पार्ने छैन। योसँगै नेपालले सुपर चारमा बाँकी टेस्ट राष्ट्रसँग पनि प्रतिस्पर्धाको मौका पाएको छ।
आजको खेलमा समूह ‘बी’ मा रहेको बंगलादेश र मलेसिया खेल्दै छन्। यदि आज बंगलादेशले मलेसियालाई हराएमा नेपालले सुपर चारमा बंगलादेश र श्रीलंकासँग खेल्ने छ।सुपर चारको प्रतिस्पर्धा पछि अङ्क तालिकामा शीर्ष दुईमा रहने दुई टिम बिच फाइनल खेल हुने छ। बिहीबार र शुक्रबार सुपर चारका खेलहरु हुने छन् भने प्रतियोगिताको फाइनल आइतबार हुने छ।
पाकिस्तानलाई हराएपछि र आगामि यात्रा बारे कप्तान पूजाले आत्माविश्वास र टिमको राम्रो क्रिकेट खेल्ने लक्ष्यले सार्थक्ता पाएको बताइन्।