महासंघ प्रदेशको उपाध्यक्षमा कुमोद अधिकारी निर्वाचित भएका छन् । ६८० मतसहित अधिकारी निर्वाचित हुँदा अर्का उम्मेदवार शिवप्रसाद ढुंगानाले ३२५ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा ६८१ मतसहित अम्बिका भण्डारी निर्वाचित भइन् । महिला उपाध्यक्ष उम्मेदवार रिता मोक्तानले ३३८ मत प्राप्त गरिन् ।
महासचिवमा हिमाकुमारी चेम्जोङ निर्वाचित भएकी छन् ।६६५ मतसहित चेम्जोङ निर्वाचित हुँदा महासचिवका अर्का उम्मेदवार अमृत बास्तोलाले २७५ र राजेन्द्रकुमार राईले १०६ मत प्रािप्त गरे । समावेशी सचिवमा अरबिन्दकुमार मेहता ६०९ मतसहित निर्वाचित हुँदा अर्का उम्मेदवार गजेन्द्र राईले ३८४ मत प्राप्त गरे । खुल्ला सचिवमा ध्रुव भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।कोषाध्यक्षमा ५२२ मतसहित सुदीप कोइराला निर्वाचित भए । कोषाध्यक्षका उम्मेदवार किशोर बुढाथोकी र मोहन भट्टराईले समान २२२ मत प्राप्त गरे । अर्का उम्मेदवार बाबुराम भण्डारीले ६२ मत प्राप्त गरे ।