लुम्बिनी लगातार दोस्रो जितको खोजीमा रहँदा काठमान्डु पनि चौथो खेलमा दोस्रो जितको लक्ष्यमा छ।
लुम्बिनीका लागि ‘प्लेअफ’ आश बाँकी राख्न आजको खेल जित्ने पर्नेछ पराजित भए प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्ने छ।दिउँसो १ बजेदेखि टियू मैदान कीर्तिपुरमा हुने खेलमा दुवै टोली दोस्रो जितको लक्ष्यमा मैदान उत्रिँदा दुवैमाथि जित निकाल्नुपर्ने स्वभाविक दबाब हुनेछ।
करण केसीको कप्तानीमा मैदान उत्रिने काठमाडौंको यो चौथो खेल हो। यद्यपि, रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीको भने यो छैटौं खेल हो।काठमाण्डुले पाँच दिनको ग्यापपछि मैदान उत्रिँदै गर्दा लुम्बिनीले भने आफ्ना लगातार चार खेल खेलिसकेको छ। अंकतालिकामा काठमाण्डु ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा रहँदा लुम्बिनी ५ खेलमा समान २ अंक भएपनि नेटरनरेटका आधारमा काठमाण्डुभन्दा एक स्थानमाथि रहेको छ।
लुम्बिनीले अब काठमाण्डुपछि कर्णालीसँग खेल्न बाँकी छ। लुम्बिनीलाई दुई वटै खेल जित्नुपर्ने दबाब छ भने अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ। काठमान्डुलाई पनि आजको खेल जितेमा प्लेअफको दबदबा कायम राख्न सहयोग पुग्नेछ। तर हारले भने काठमान्डु माथि पनि दबाब बढ्ने छ।
यस्तो छ काठमान्डु गुर्खाजको टोली:
करण केसी (कप्तान), भीम सार्की, शाहब आलम, रसिद खान, शंकर राना, सुमित महर्जन, कृष्ण कार्की, दिपेश कँडेल, विवेक केसी, प्रतिक श्रेष्ठ, राजु रिजाल, कृष कार्की, माइकल लेभिट (नेदरल्यान्ड्स), स्टेफन एस्किनाजी (इंग्ल्यान्ड), गेर्राड एरासमस (नामिबिया), डन डाउथवेट (इंग्ल्यान्ड)
यस्तो छ लुम्बिनी लायन्सको टोली:
रोहित पौडेल (कप्तान), सन्दीप जोरा, बिबेक यादव, अर्जुन साउद, सूर्य तामाङ, तिलक राज भण्डारी, विकाश आग्री, आशुतोष घिरैया, दुर्गेश गुप्ता, अभिषेश गौतम, दिनेश अधिकारी, आरिफ खान, : बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रामोन सिमन्ड्स (वेस्टइन्डिज), साद बिन जफर (क्यानडा)