महानगरले आगामी पुस १ र २ विराटनगरस्थित वीरेन्द्रसभा दक्षिणमा अवस्थित इको पार्कमा मेला आयोजना गर्न लागेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीलगायतको उपस्थितिमा मंगलबार महानगरले निजी क्षेत्र छलफल र सरोजगारवालाहरुसित छलफल गरेको छ ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, विराट व्यापार संघ, तालिम प्रदायक महासंघ, होटल व्यवसायी संघलगायतका प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएको थियो ।सहभागीहरुले मेला सफल बनाउन सबै किसिमको सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । मेलामा ३० वटा स्टल रहने महानगरको रोजगार शाखाका कर्मचारी कपिल थापाले जानकारी दिए ।