काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले दुर्गा प्रसाईंमाथि लागेको साइबरसम्बन्धी कसुरबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । प्रसाईं मंसिर ४ मा पक्राउ परेका थिए ।

उनीविरुद्ध लागेको विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको आरोपमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको साइबर ब्यूरोका एकजना अधिकृतले बताए ।

जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मंगलबार उनीविरुद्ध मुद्दा दायर गर्ने भएको छ । जिल्ला सरकारी वकिल कार्यालयका एकजना अधिकृत भन्छन्, ‘भोलि अदालतमा मुद्दा दर्ता गर्नेगरी काम गरिरहेका छौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै प्रहरीले सुरुमा उनलाई साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरेको हो ।

14
Shares
२४ मंसिर २०८१, सोमबार १८:४३