अब यो फिल्म हिन्दी भारतमा तेस्रो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । जहाँ सबै ६ भाषामा फिल्मले तेस्रो दिन भारतमा ३८७.९५ करोड र विश्वभर ५९८.९० करोड भारु कमाएको छ ।
हालै व्यापार विज्ञ तरण आदर्शले फिल्मको तेस्रो दिनको कलेक्शन (हिन्दी) सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘पहिले ३ दिन, पुष्प २ फेरि अग्रस्थानमा छ ।’पहिलो तीन दिनमा हिन्दी बेल्टमा २ सय ५ करोड कमाएर चलचित्रले १८० करोड कमाउने शाहरुखको जवानको कीर्तिमान तोडेको छ । यसपछि रणवीर कपूर स्टारर फिल्म एनिमलले तीन दिनमा १७६.८५ करोड कमाएको थियो । शाहरुखकै फिल्म पठानले ३ दिनमा १६१ करोड कमाएको थियो ।
तीन दिनमा हिन्दीमा सबैभन्दा धेरै कमाउने शीर्ष १० चलचित्रहरू-पुष्प २ (हिन्दी) – २०५ करोड
जवान – १८०.४५ करोड
एनिमल- १७६.५८ करोड
पठान – १६१ करोड
टाइगर ३ – १४४.५० करोड
केजीएफ २ (हिन्दी) – १४३.६४ करोड
स्त्री २- १३६.४० करोड
गदर २- १३४.८८ करोड
बाहुबली २ (हिन्दी) – १२८ करोड
सञ्जु – १२०.०६ करोड
बक्स अफिस कलेक्सन ट्र्याकिङ वेबसाइट Sacnilk.com को रिपोर्ट अनुसार फिल्मले तेस्रो दिन भारतमा सबै ६ भाषामा ३८७.९५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । आइतबार फिल्मले करिब १५० करोड कमाइ गरेको अपेक्षा गरिएको छ ।