मदरल्याण्डलाई ११ स्वर्ण, १० रजत र ६ कास्य पदक

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगितामा विराटनगरको मदरल्याण्ड स्कुलको दोजाङ टोली ११ स्वर्ण, १० रजत र ६ कास्य पदक जित्न सफल भएको छ ।

कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो ।

विजेताहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठलगायतले खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।

पुरस्कार वितरण गर्दै उनीहरुले अझ पनि सरकारले खेलकुद क्षेत्रलाई बेवास्ता गर्दै आएको बताए । तीन तहको सरकारले समन्वय गरेर खेल क्षेत्रमा पर्याप्त बजेट छुट्याउँदै, सबै खेलका प्रशिक्षक नियुक्त गर्न सके खेलाडीले अन्तर्राष्ट्रियस्तरमा पदक जित्न सक्ने उनीहरुले बताएका छन् । महानगरभित्रका डोजाङ, क्लब र विद्यालयका खेलाडीहरुको सहभागिता थियो ।

प्रतियोगितामामहिला र पुरुषको एकल स्पाइरिङ र प्याटनका इभेन्टमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा महिला २० केजीदेखि ६० केजीसम्म र पुरुष २० केजीदेखि ६५ केजीसम्ममा खेलेका थिए । प्रतियोगितामा १ सय ५ जना महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।

357
Shares
२३ मंसिर २०८१, आईतवार १७:२३