विराटनगर । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी सहितको संघको टोलीले विराटनगर आएका पूर्व धानमन्त्री माननीय शेरबहादुर देउवा र पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतलाई भेटघाट गर्नु भई उद्योग व्यवसाय क्षेत्रको विद्यमान समस्याहरुबारे अवगत गराएको छ ।

भेटघाटका क्रममा अध्यक्ष राठीले नेपालको ह्र«ासोन्मूख अर्थतन्त्र, सिमावर्ती बजारका खुल्ला कारोबार र चोरी पैठारीका समस्या, उद्योगहरुमा भई रहेका विद्यूत आपूर्तिका समस्या, नेपालको अत्याधिक बीमा शुल्क लगायत विषयहरु माननीयज्यूहरु समक्ष अवगत गराइएको थियो ।

ती समस्याहरुको निराकरणका लागि तत्कालै सरकारबाट ठोस कदमहरु चालिनु पर्ने बताउनु भई सोका लागि आवश्यक पहल गरिदिन टोलीले अनुरोध गरेको थियो ।

टोलीमा संघका अध्यक्ष राठी सहित संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नीवन रिजाल, संघका पूर्व अध्यक्ष महेश जाजु, संघका पूर्व अध्यक्ष एवं सिएनआई, कोशीका अध्यक्ष पवनकुमार सारडा, संघका पूर्व अध्यक्ष प्रकाश मून्दडा, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, सचिव अमित सारडा लगायत उद्योगी व्यवसायीहरुको सक्रीय सहभागिता थियो ।

14
Shares
२३ मंसिर २०८१, आईतवार ०६:०५