काठमाडौं। क्यानाडाका युवा अलराउण्डर दिलप्रीत सिंह बजवाले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।

सुदूरपश्चिमले शनिबार दिलप्रीतलाई आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो।

दिलप्रीतले क्यानाडाका लागि १२ टी–२० आई खेल खेल्दा २२४ रन बनाएका छन्। सबैखाले टी–२० पनि उनको यति नै हो।

ग्लोबल टी–२०मा क्यानाडाको मन्ट्रियल टाइगर्सबाट खेलेका उनले ६ खेलमा ६८ को औसतले २०६ रन बनाएका थिए जसमा एक शतक पनि समावेश छ।

उनी यसै वर्ष भएको आइसीसी टी–२० विश्वकपमा पनि क्यानाडाको टोलीबाट खेलेका थिए।

सुदूरपश्चिमका अन्य विदेशी खेलाडीमा स्कटल्याण्डका ब्रान्डन माकमुलेन, न्युजिल्याण्डका स्कट कुग्लेइन र इंग्ल्याण्डका सेफ अली जैब छन्।

यूएईका रोहन मुस्तफा पनि अनुबन्ध भएको भएपनि उनी केही पारिवारिक अर्जेन्सीका कारण फर्किएका छन्।

सुदूरपश्चिमले आजसम्म खेलेका तीनवटै खेल जितेको छ।

21
Shares
२३ मंसिर २०८१, आईतवार ०४:५८