विराटनगर । शैक्षिक क्षेत्र सुधारको माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं विराटनगरको सडकमा लौरो टेकेर दिनभर उभिएका छन् ।

शैक्षिक क्षेत्र सुधारका लागि १४ बुँदे मागसहित आन्दोलन सुरु गरेका चापागाईं शुक्रबार विराटनगरको ट्राफिक चोकमा दिनभर उभिएका हुन् । लौरो टेकेर उभिएका उनलाई केही विद्यार्थीहरुले साथ दिएका थिए ।

उनले पोखराबाट सातवटै प्रदेश राजधानीबाट सरकारलाई दबाब दिन उभिने यात्रा सुरु गरेका हुन् ।

शुक्रबार कोशी प्रदेशको राजधानी विराटनगरमा उभिएका उनी शनिबार जनकपुर जानेछन् । मधेश प्रदेशको राजधानी जनकपुरबाट उनी बागमती प्रदेशको राजधानी हेटौंडामा उभिने छन् । उनी यसअघि पोखरा, धनगढी र नेपालञ्जमा उभिएका थिए ।

चापागाई‌ंले गत जेठमा काठमाडौंको माइतीघरमा १९ दिनसम्म उभिएर आन्दोलन गरेका थिए । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले उनको माग पूरा गर्ने आश्वान दिएकी थिइन् । ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे माग चापागाईंले राखेका छन् ।
21
Shares
२२ मंसिर २०८१, शनिबार ०८:२५