शनिबार कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलन उद्घाटन गर्नका निम्ति शुक्रबार देउवा आउन लागेका हुन् ।
कांग्रेस कोशीका सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापाका अनुसार शुक्रबार देउवा साढे १० बजेको बुद्ध एयरबाट विराटनगर आउनेछन् ।
त्यसपछि उनी धरान जानेछन् । धरानमा गिरिराज आचार्यद्वारा लिखित ‘बीपीका साहित्यिक विचारहरू’ नामक पुस्तक विमोचन गर्ने कार्यक्रम रहेको सभापति थापाले जानकारी दिए ।पुस्तक विमोचनपछि देउवा धरानमै कांग्रेस कार्यकर्ताहरूसँग भेटघाट गर्नेछन् । साँझ सभापति देउवा इटहरीमा बस्ने कार्यक्रम तय भएको छ ।
शनिबार बिहान ९ बजे विराटनगरस्थित मनास्लु पार्टी प्यालेसमा कार्यकर्तासँग भेटघाट गर्ने र ११ बजे प्रदेश सम्मेलनको उद्घाटन गर्ने तयारी रहेको थापाले जानकारी दिए ।‘सम्मेलनमा पार्टी सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता प्रकाशसरण महत, नेताहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौलासहित कोशी प्रदेशबाट केन्द्रीय सदस्य रहेका सबै नेताहरू सहभागी हुनेछन् ।