धनकुटाबाट धरानतर्फ आउँदै गरेका स्कोरपिओलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले इन्सास राइफलबाट ४ राउण्ड गोली प्रहार गरेको थियो । गोली हानेर गाँजा लोड गरिएका बा १ झ ४६०५ र बा १ झ ५१२७ नम्बरका दुईवटा गाडी नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
सरकारी गाडीमा राखेर गाँजा ओसारपसार भइरहेको विशेष सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन साँझ ७ बजेतिर इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूसमेतको टोली खटिएको थियो । सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा सरकारी नम्बर प्लेट राखिएको ५१२७ नम्बरको गाडीलाई चालकले भगाएका थिए ।प्रहरीले गोली प्रहार गरेपछि भागेको उक्त गाडी धरान–१३ को सूर्य मार्गमा छाडेर चालक फरार भएको एसएसपी दाहालले बताए । गाडीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।