चितवनस्थित साहरा सहकारीको रकम हिनामिनाको आरोपमा त्यहाँ लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान १२ घन्टासम्म चलेको छ।
चितवन जिल्ला सरकारी वकिल कार्यालयकम बिहान ८ बजे लगिएका रवि लामिछानेको बयान बेलुका ८ बजे सकिएको चितवन प्रहरीले जानकारी दिएको हो। चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुईँटेल र जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकृत डिएसपी ज्ञानकुमार महतोले उनको बयान लिएका थिए।
लामिछानेले दिनभरिमा ७४ वटा प्रश्नको जवाफ दिएका थिए भने बिहानबेलुकाको खाना नै उनलाई त्यहीँ खुवाइएको थियो। उनले सम्पत्तिका विषयमा दिएका कतिपय जवाफ बाझेको स्रोतले जानकारी दिएको थियो।
पर्सा प्रहरीले उनीबिरुद्ध पक्राउ पुर्जी जारी गरेकाले उनलाई यसपछि त्यसतर्फ लगिने समेत प्रहरीले जानकारी दिएको छ।