३० औं वार्षिकोत्सवका अवसरमा संगीतालयले साहित्य, समाजसेवा, संगीत, ललितकलालगायतका क्षेत्रमा योगदान दिने स्रष्टाहरुलाई सम्मान गरेको हो ।
स्वरसम्राट नारायणगोपालको ३४ औं स्मृति दिवसको सन्दर्भसमेत पारेर आयोजित कार्यक्रममा संगीतालयका तर्फबाट विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्यकार जयप्रसाद पाण्डे, समाजसेवी जगतप्रसाद अज्र्याल, गायक रामा मण्डल, ललितकला निवास पोखरेल, संगीतालय स्थापनाकालका विद्यार्थीमध्येबाट रश्मी हमाललाई सम्मान गरिएको थियो ।संगीतालयकाा अध्यक्ष कुशेश्वर राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका मेयर कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका लागिपरेको बताए।