काठमाडौँ – नेकपा एमालेका प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका छन्।

सोमबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा भण्डारीलाई मन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री भण्डारीको शपथ आजै हुनेछ।

यसअघि कोशीको आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका लिलाबल्लभ अधिकारी मानव तस्करी प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए।
28
Shares
१८ मंसिर २०८१, मंगलवार ०६:१५