विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा ७० प्रतिशत मत खसेको छ । जम्मा २६ हजार ४४ मतदाता रहेकामा १८ हजार १८ जनाले मतदान गरिसकेका हुन् ।

हालसम्म मतदान गर्नेमा ९ हजार ४ सय ६० महिला र ८ हजार ५ सय ५८ पुरुष छन् । यो तथ्यांक दिउँसो ४ बजेसम्मको हो । अझै पनि मतदाताहरु मत खसाल्न लाइनमा बसिरहेका छन् । मतदान गर्ने समय साँझ ५ बजेसम्म हो ।

सबैभन्दा धेरै ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालय मतदान केन्द्रमा ७८.१२ प्रतिशत मत खसेको छ । त्यहाँ ७ सय ७७ मतदाता छन् । ६ सय ७ जना मतदान प्रक्रियामा सहभागी भइसकेका छन् ।

ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र तोकिएको थियो । मतदानस्थलमध्ये ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा ६ सय ७, लखन्तरीस्थित वीरेन्द्र माविमा १ हजार ९ सय, ग्रामथान–२ झोराहाटस्थित सरस्वती माविमा १ हजार ४ सय १६, वडा कार्यालयमा १ हजार ४ सय ९३, ग्रामथान–३ को सिद्राहास्थित वाणी माविमा १ हजार १ सय २४ र भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा १ हजार ७४ मत खसेको छ ।

त्यस्तै, ग्रामथान–४ को मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा १ हजार २ सय ५२, लोहासुरस्थित महेन्द्र माविमा १ हजार ५ सय २, ग्रामथान–५ को तेतरियास्थित देवी माविमा ३ हजार १ सय २८, ग्रामथान–६ को रविहाटस्थित पब्लिक माविमा २ हजार ४ सय ६४, ग्रामथान–७ को धोवियारेस्थित गणेश माविमा १ हजार ४ सय ७९ र बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा ५ सय ६९ मत खसेको छ ।
21
Shares
१६ मंसिर २०८१, आईतवार १६:३९