२८ नोभेम्बर बाट क्राइस्टचर्चमा जारी पहिलो टेस्टको दोस्रो इनिङमा इंग्ल्यान्डले जितका लागि १ सय ४ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य इंग्ल्यान्डले २ विकेट गुमाएर पूरा गर्दै खेल जित्न सफल भयो। पहिलो इनिङको उच्च स्कोरनै इंग्ल्यान्डलाई सहज जितका लागि महत्त्वपूर्ण बन्यो।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पहिलो इनिङमा ३ सय ४८ रन बनाएको थियो। उसका लागि केन विलियमसनले ९३ रन तथा ग्लेन फ्लिप्सले ५८ रनको इनिङ खेल्दा कप्तान टोम लाथमले पनि ४७ रन बनाएका थिए।जवाफि इनिङ सुरु गरेको इंग्ल्यान्डले सानदार प्रदर्शन गर्दै ४ सय ९९ रन बनाएर पहिलो इनिङमै १ सय ५१ रनको अग्रता बनाउन सफल भयो। इंग्ल्यान्डका लागि ह्यारी ब्रुक्सले १ सय ७१ रनको सानदार इनिङ खेल्दा कप्तान बेन स्टोक्सले ८० रन बनाए। त्यस्तै ओली पपले ७७ रनको स्कोर बनाएका थिए भने टिमको उच्च स्कोरमा बेन डकेटले ४६ रन र गुस एटकिन्सले ३३ रन बनाए।
पहिलो इनिङमा १ सय ५१ रनले पछि परेको किवी टोली दोस्रो इनिङमा उच्च रन बनाउन असफल भयो। २ सय ५४ रनमै अलआउट भयो। दोस्रो इनिङमा ड्यार्यल मिचेलले ८४ रन बनाउँदा केन विलियमसनले ६१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन गतिलो रहेन्। इंग्ल्यान्डका लागि ब्रेडन कर्सले ६ विकेट लिँदा क्रिक्स वक्ले ३ विकेट लिए अर्को १ विकेट गुस एटकिन्सनको नाममा रह्यो।त्यसपछि दोस्रो इनिङमा समग्रमा १ सय ४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २ विकेट गुमाएर पूरा गरेको थियो। इंग्ल्यान्डका ज्याकब बेथहेल ५० र जो रुट २३ रनमा अविजित रहे। त्यसअघि बेन डकेट २७ रनमा आउट हुँदा ज्याक क्राउली १ रनमा पेभिलियन फर्किएका थिए। अब यी दुईबिचको दोस्रो टेस्ट शुक्रबारबाट वेलिङ्गटनमा सुरु हुनेछ।