विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान हुने बताएका छन् ।

महानगर बहुप्राविधिक शिक्षालय विराटनगरबाट डिप्लोमा र प्रि–डिप्लोमा गरेका विद्यार्थीहरुको विदाई समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्राविधिक शिक्षालाई प्राथमिकतामा नराखेसम्म बेरोजगारी समस्या समाधान नहुने दाबी गरे ।

महानगरपालिकाले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको उनको भनाइ थियो । ‘कम्प्युटर इन्जिनिरिङ, आइटी र विश्वबजारमा के माग भइरहेछ त्यसअनुसारको शिक्षा दिन सकेमा कोही पनि बेरोजगार बस्नुपर्दैन,’ उनले भने, ‘आइटीसम्बन्धी राम्रो ज्ञान भएको व्यक्तिले घरमै बसेर पनि राम्रो कमाइ गर्न सक्नेछ ।’

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेलले महानगरको र अभिभावकको इज्जत र प्रतिष्ठा माथि उठाउने गरी कार्य गर्न बहुप्राविधिक शिक्षालयबाट उत्तीर्ण भएका विद्यार्थीहरुलाई आग्रह गरे ।

42
Shares
१६ मंसिर २०८१, आईतवार ०९:३०