पहिलो ओभरमा आसिफ शेखलाई शून्य रनमा गुमाएको जनकपुरले दोस्रो ओभरमा अर्का भरपर्दा ब्याटर अनिल साहलाई ५ रनमा गुमाएको हो।
दोस्रो ओभर लिएर आएका प्रतिश जिसीले आफ्नो स्पेलको अन्तिम बलमा कप्तान अनिल साहलाई बोल्ड गर्दै पेभिलियन पठाए। अहिले क्रिजमा लाहिरु मिलन्था १० रन र हर्ष थकर शून्य रनमा अविजित छन्।जनकपुले अहिले २ ओभरको समाप्तिमा २ विकेट गुमाएर २९ रन बनाएर खेलिरहेको छ।