काठमाडौं । हतारको राजनीतिक निर्णयले सयौं आधारभूत अस्पताल भवन अलपत्र अवस्थामा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ मंसिर २०७७ मा बालुवाटारबाट स्वीच थिचेर ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेको झण्डै चार वर्ष पुग्दा पनि अहिलेसम्म अधिकांश अस्पतालको जग्गाको सुनिश्चितता पनि भएको छैन ।

सरकारले दुई चरणमा गरी ६५५ वटा स्थानीय तहमा आधारभूत अस्पताल बनाउने घोषणा गरेको थियो । जबकी दुई वर्षभित्रमा भवन निर्माण गरेर अस्पताल सञ्चालनमा घोषणा गरेपनि हालसम्म ४७ वटा मात्रै अस्पताल निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ ।

२०७७ पुस १२ गते तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै थप २५९ अस्पताल बनाउने घोषणा गरे । स्वास्थ्य मन्त्रालयले त्यसपछि पनि दुई पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको थियो । अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरी निर्णय भएको भन्दै ती अस्पताललाई रकम विनियोजन गर्न नसक्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बजेट अभावका कारण २५० वटा अस्पताल निर्माण गर्न नसकिने अवस्था रहेको बताए । ‘कतिपय अस्पतालको जग्गा सुनिश्चित छैन, केहीको बजेट सुनिश्चित छैन,’ स्वास्थ्य मन्त्री पौडेलले भने, ‘२५० वटा हाराहारी अस्पताल बनाउन नसक्ने अवस्थामा छौं ।’

14
Shares
१५ मंसिर २०८१, शनिबार १०:३०