सिन्धुली ।रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–३ सिमलडाँडामा भएको उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त गाडी काठमाडौँबाट रामेछापतर्फ गइरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सो गाडी सडकबाट ३ सय मिटर तल खस्न पुगेको छ । मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेका छन्
14
Shares
१४ मंसिर २०८१, शुक्रबार १६:५८