उनका अनुसार सुनुवारलाई यसअघि नै अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरिसकेको थियो ।
घटना भएदेखि नै फरार रहेका कारण मण्डलको मुद्दा मुलतबीमा थियो । डीएसपी जोशीका अनुसार एउटा समूहले २०७० साल वैशाख १ गते युवतीलाई अपहरण गरेर साविकको कटहरी गाविस (गाउँ विकास समिति)–३ मा लगी सामूहिक बलात्कार गरेको थियो ।प्रहरीले घटनामा संलग्नविरुद्ध अपहरण र जरबजस्ती करणी मुद्दा चलायो । तर, घटनामा संलग्न भनिएकामध्ये सुनुवारलाई जिल्ला अदालत मोरङको २०७१ असार २२ गते सफाइ दिएको थियो । अदालतले सफाइ दिएपछि उनी छुटेका थिए ।