सम्झौतापत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र नेपाल एयरलाइन्सका कर्पोरेट विभाग निर्देशक अनिल घिमिरेले एयरलाइन्स पार्टनरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । निर्देशक घिमिरेले सुदूरपश्चिममार्फत क्रिकेटमा जोडिन पाउनु गौरवको विषय भएको बताए ।
उनले भने, ‘नेपालमा एनपिएल क्रिकेट हुनु सुखद पक्ष हो । सुदूरपश्चिम जस्तो राम्रो टिमसँग जोडिन पाउँदा हामी निकै खुसी छौं । एनपिएलको सफलतासँगै खेलकुद चलायमान होस् भन्ने हाम्रो चाहना हो ।’सीईओ खड्काले नेपालीको गौरवशाली नेपाल एयरलाइन्ससँग जोडिन पाउनु सुखद क्षण भएको बताए ।
मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरमा हुने एनपिएलका लागि सुदूरपश्चिमको मार्की खेलाडीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् ।