विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ नुनिया टोलको पोखरीमा बुधबार बिहान एक जना महिला मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार भारतको मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको शव बिहान १०ः४५ बजेतिर सार्वजनिक पोखरीमा भेटिएको हो । उनको माइती धनपालथान–६ हो ।

मोजफरपुर घर भए पनि उनी केही समयदेखि परिवारसहित माइतीमै बस्दै आएको प्रहरीले जनाएको छ । डुबिरहेको अवस्थामा देखेर स्थानीयले पोखरीबाट बाहिर निकालेका थिए ।
14
Shares
१२ मंसिर २०८१, बुधबार १५:३१