साउदी अरेबियाको जेद्दाहमा २ दिन चलेको आइपिएल मेघा अक्सनमा १० फ्रेन्चाइज टोलीले ६३९.१५ करोड भारतीय रुपैयाँ खेलाडीहरूमाथि खर्चिए। अक्सनबाट १ सय ८२ खेलाडी बिक्दा ६२ विदेशी खेलाडी अक्सनमा बिके। ऋषभ पन्त इतिहासकै महंगो खेलाडी बने।

जब खेलाडीको लिलामी हुन्छ के खेलाडीले तोकिएको या क्लबले बोली लगाएको सम्पूर्ण रकम प्राप्त गर्छन्? पक्कै पनि उनीहरूले तोकिएको रकम सम्पूर्ण प्राप्त गर्न सक्दैनन्। लिलामी रकमबाट प्राप्त रकम टिडिएसका रुपमा काटिन्छ। आइपिएल अक्सनबाट खेलाडीसँगै राज्यलाई कति फाइदा हुन्छ? यस्तो छ हिसाब-किताब।

भारतीय खेलाडीको १० र विदेशीलाई २० प्रतिशत लाग्छ टिडिएस?
भारत सरकारले भारतीय खेलाडीको तलबमा १० प्रतिशत ट्याक्स लगाउने गरेको छ। यदि आइपिएलमा बिकेका फ्रेन्चाइज खेलाडीलाई तबल पेमेन्ट गर्नु अगाडि उनीहरूको रकम ट्याक्स डिडक्टडेड एट सोर्स (टिडीएस)को रूपमा कटौती हुन्छ। त्यस्तै विदेशी खेलाडीको पनि तलबबाट २० प्रतिशत रकम कटौती हुन्छ।

उदारणका रुपमा यदि भारतीय खेलाडी १० करोडमा अनुबन्धन भएको छ भने फ्रेन्चाइज टोलीले ट्याक्समार्फत हुन आउने १ करोड रकम कटौती गर्छ। सोही रकम विदेशी अनुबन्धन छ भने उसको २ करोड कटौती हुन्छ। काटिएको टिडीएस खेलाडीको तर्फबाट भारत सरकारको खातामा जान्छ।

सर्वाधिक उच्च मूल्यमा बिकेका ऋषभ पन्तको २७ करोडमा २ करोड ७० लाख ट्याक्सका रुपमा काटिन्छ। उनको खातामा २४ करोड ३० लाख जम्मा हुन्छ। त्यस्तै श्रेयस अय्यरको २६ करोड ७५ लाख मध्येबाट २ करोड ६७ लाख ५० हजार रकम ट्याक्सका रुमपा काटिन्छ।

सरकारको खातामा यो अक्सनको आधारमा ८९.४९ करोड जम्मा
आइपिएलको मालिकहरूले काटेको टिडिएस खेलाडीका तर्फबाट भारत सरकारको खातामा जान्छ। यसपटक अक्सनमा १० फ्रेन्चाइज टिमले ६३९.१५ करोड खर्चिए। जसमा भारतीय खेलाडीमाथि ३८३.४० करोड लगानी हुँदा विदेशी खेलाडीमा २५५.७५ करोड खर्च भएको छ। यसको अर्थात् भारतीय खेलाडीबाट ३८.३४ करोड रकम राज्यलाई ट्याक्सका रुपमा जाँदा विदेशी खेलाडीबाट ५१.१५ करोड राज्यको खातामा जम्मा हुन्छ। यो हिसाबले भारत सरकाले यो आइपिएल अक्सनबाट ८९.४९ करोड रकम प्राप्त गर्दछ।

21
Shares
१२ मंसिर २०८१, बुधबार १५:०८