काठमाडौं । चालु आर्थिक वर्ष पहिलो चार महिनामा ३ हजार ४ सय ८७ युनिट विद्युतीय गाडी (ईभी) आयात भएको छ ।

भसार विभागले शुक्रबार प्रकाशित वैदेशिक व्यापारको तथ्यांकमा चार महिनामा ईभी आयात ७ सय युनिट बढेको छ । कुल ८ अर्ब ३७ करोड ९ लाख ५२ हजार रुपैयाँ बराबरका ३ हजार ४ सय ८७ युनिट ईभी आयात हुँदा ५ अर्ब १९ करोड २० लाख ७७ हजार राजस्व प्राप्त भएको छ ।

गत आव २०८०/८१ को पहिला चार महिनामा भने ३ हजार ७ सय ८७ युनिट ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ । सरकारले १५ जेठमा ल्याएको चालु आवको बजेट र आर्थिक विधेयकमार्फत ईभीमा लाग्दै आएको करको दर बढाएको थियो ।

शून्य किलोवाट र ५१ देखि १०० किलोवाट क्षमतामा भन्सार र अन्तःशुल्क ५/५ प्रतिशतले बढाएको थियो । १०१ देखि २०० किलोवाटसम्म भन्सार यथावत् राखेर अन्तःशुल्क १० प्रतिशत बढाएको थियो । त्यसभन्दा माथि २०१ देखि ३०० किलोवाटसम्म भन्सार घटाएर अन्तःशुल्क बढाएको छ । ३०० किलोवाटभन्दा बढी क्षमतामा पनि भन्सार घटाएर अन्तःशुल्क बढाएको हो ।

21
Shares
८ मंसिर २०८१, शनिबार १०:३९