काठमाडौं । पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिल (पीबीसीसी) को आयोजनामा आजदेखि पाकिस्तानमा चौथो संस्करणको ब्लाइन्ड क्रिकेट टी२० विश्वकप सुरु हुँदैछ । वर्ल्ड ब्लाइन्ड क्रिकेट काउन्सिलको कार्यक्रमम हनुसार हुने चौथो ब्लाइन्ड क्रिकेट टी२० विश्वकप नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म लाहोर र मुल्तानमा हुने छ ।

ब्लाइन्ड विश्वकपमा आयोजक पाकिस्तानसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेपाल र अफगानिस्तानले सहभागिता जनाउनेछन् । भारतले पनि प्रतियोगितामा सहभागिता जनाउने तय थियो तर अन्तिम समयमा भारतीय सरकारबाट भारतको ब्लाइन्ड क्रिकेट टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि भारत सहभागि नहुने भएको हो ।

अब भारतलले खेल्ने लिग चरणका ६ वटै खेलमा विपक्षीले वाक ओभर पाउनेछन् । सहभागि ६ टोलीबीच राउण्ड रोविनका आधारमा खेल हुनेछन् । लिग चरणमा शीर्ष चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । जहाँ लिगमा पहिलो हुने र चौथो हुने टोलीबीच पहिलो सेमिफाइनल हुनेछ । यस्तै दोस्रो हुने र तेस्रो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ ।

फाइनल खेल डिसेम्बर ३ मा मुल्तान क्रिकेट स्टेडियममा हुनेछ । प्रतियोगिताका खेलहरु लाहोर र मुल्टानमा सञ्चालन हुनेछ । लिग चरणका अन्तिम चार खेलसहित सेमिफाइनल र फाइनलका खेलहरु मुल्तानमा हुनेछ ।

ब्लाइन्ड क्रिकेट टी२० विश्वकपको उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल घाद्दी इन्स्टिट्युट अफ क्रिकेट लाहोरमा हुनेछ । यस्तै नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन । यस खेल पनि लाहोरस्थित साइद स्पोर्ट्स सिटी बेदिएनन रोडमा हुनेछ ।
7
Shares
८ मंसिर २०८१, शनिबार १०:३०