पाकिस्तानको कुर्राम जिल्ला भएर जाँदै गर्दा ती सवारी साधनमाथि जथाभाबी गोली चलाइएको थियो । यो क्षेत्र अफगानी सीमा नजिक पर्छ । बन्दुकधारीले सुरुमा ती सवारी साधनलाई इस्कोर्ट गरिरहेका प्रहरीमाथि गोली चलाएका थिए ।
सो क्षेत्रमा साम्प्रदायिक हिंसा चर्किएपछि यस वर्ष दर्जनौँ मानिसको मृत्यु भइसकेको छ । यस्तो प्रहरीले उक्त क्षेत्र भएर जाने सवारी साधनलाई सुरक्षा दिँदै आएका थिए ।बिहीबारको आक्रमणमा ४१ जनाको मृत्यु भएको र अरू १६ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । मृतकको सङ्ख्या थप बढ्न सक्ने आशङ्का गरिएको छ ।