उनका अनुसार दुर्घटनामा मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४०/४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २७/२८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै अन्दाजी २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो । धिमाल र गुरुङको अस्पताल पुर्याउनसाथ र लिम्बूको उपचारका क्रममा मृत्यु भएको थियो ।
गम्भीर घाइते भएपछि उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएका लिम्बूलाई साँझ पौने ७ बजेतिर चिकित्सकले मृत घोषित गरिदिए ।उर्लाबारी दुर्घटनाका मृतकको संख्या ३
मोरङको उर्लाबारीमा बिहीबार अपरान्ह दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ३ पुगेको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा ४ः४५ बजेतिर दुर्घटना भएको हो । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको बताए ।