त्यस्तै श्रेष्ठ प्यानलका तारामान मादेन सचिवमा निर्वाचित भए। उनले २ सय २८ मत सहित जित निकाल्दा ढुंङ्गाना प्यानलका छत्र रिमालले २ सय २ मत प्राप्त गरेका थिए। उपसचिवमा ढुङ्गाना प्यानलका यादवबहादुर खापुङ २ सय २० मत ल्याएर विजयी हुँदा श्रेष्ठ प्यानलबाट लडेका अर्जुन ढुङ्गानाले २ सय ८ मत प्राप्त गरेका थिए।
महिला उपसचिवमा श्रेष्ठ प्यानलबाट तारा ढकाल १ सय ७५ मत ल्याएर निर्वाचित हुँदा उपाध्यक्षमा भने सन्तोष तिगेला निर्विरोध निर्वाचित भएका थिए। दुई दिनदेखि जारी जिल्ला अधिवेशनमा मंगलबार र बुधबार सहमतिको प्रयास गरेको भए पनि अध्यक्षका प्रत्यासीहरु गोविन्दराज श्रेष्ठ र शिवप्रसाद ढुंगानाबीच सहमति हुन नसकेपछि मतदानमार्फत नेतृत्व चयन भएको हो।गोविन्दराज श्रेष्ठलाई केन्द्रको साथ थियो भने वर्तमान अध्यक्ष तेजमान कन्दङ्गवालगायतको साथ रहँदा ढुंगानालाई लक्ष्मण तिवारी लगायतको साथ रहेको थियो।