‘इनभिजनिङ अर्ली चाइल्डहुड डेभलवमेन्ट (इसिडी)’मा केन्द्रित सम्मेलनबारे डीन पोखरेलले सम्मेलनमा नेपालसहित बेलायत, अमेरिका, भारत, मलेशियालगायत १५ वटा राष्ट्रका प्राज्ञ, अनुसन्धानकर्ता, नीति निर्माताहरु र विद्यार्थीहरुको सहभागिता रहने जानकारी दिए ।
मंसिर २१ र २२ गते विराटनगरमा हुने सम्मेलनबारे जानकारी दिँदै उनले भने, ‘मुलुकमै पहिलोपटक बालबालिकाको विषयलाई केन्द्रित गरेर कार्यक्रम हुन लागेको हो। यसले बालबालिकाको विकास, हेरचाह, अध्ययनलाईमा कसरी सघाउ पुर्याउन सक्छ, त्यसबारेमा बृहत छलफल हुनेछ ।’बालबालिकाहरुको हेरचाह, जनशक्ति, पेशागत विकास, जलवायु परिवर्तन र त्यसले पारेको प्रभाव, पोषण, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तनलगायतका विषयमा ४० बढी सहभागीको अध्ययन अनुसन्धानलाई छलफलमा राखिने डीन प्राडा पोखरेलले जानकारी दिए । कार्यक्रममा अमेरिकाबाट ३ जना, मलेशियाबाट २ जना, नेपाल, भारत र बेलायतबाट समान १ जना मुख्य वक्ता रुपमा रहने उनले बताए ।